
मनहरी गाउँपालिका वडा नम्बर ६ मा नेपाली कांग्रेसका उम्मेदवार युवराज उपलिया सहित प्यानलनै बिजयी भएको छ । उनले कुल ९ सय ६८ मत प्राप्त गरेका थिए भने उनको प्रतिद्धन्दि नेकपा मााओवादी केन्द्रका उम्मेदवार यदुनाथ श्रेष्ठले ७ सय३४ मत प्राप्त गरेका थिए । यस विचमा थपलिया २ सय ३४ मत अन्तरले विजयी भएका छन ।
त्यस्तै, नेकपा एमालेका गोपीलाल मुक्तानको ७ सय ३ , नेकपा (एकीकृत समाजवादी) को ३ सय २१ मत र राप्रपाले ११ मत प्राप्त गरेका थिए । मनहरी ६ नं वडामा कुल २ हजार ९ सय ३४ मत खसेको थियो
प्रतिक्रिया दिनुहोस्
