समाचार

मनहरीमा हुने ल्होछार मेला तथा साँस्कृतिक कार्यक्रमको तयारी पुरा


मनहरी । २८६० सोनाम ल्होछार(डुक ल्हो) को अवसरमा मनहरी–७ स्थित बुद्धशान्ति हरित पार्क परिसरमा हुने ल्होछार मेला तथा बृहत साँस्कृतिक कार्यक्रमको तयारी पुरा भएको छन ।

ल्होछार मेला मुल आयोजक समितिका संयोजक सुरेश मुक्तानका अनुसार भोलि अर्थात शनिबार बिहान १० बजे देखि सुरु हुने कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको बताएका छन । गत वर्षहरुमा भन्दा यस वर्ष ल्होछार मेलालाई बृहत रुपमा सञ्चालनको लागि आयोजक समितिले मनहरी बजारमा स्वागत गेट निर्माण गर्नुका साथै कार्यक्रम स्थल सम्म तोरण र ध्वजाले झिलीमिलि सजाएका छ ।

त्यसै गरि कार्यक्रम स्थल आसपासमा रंगरोगन गर्नुका साथै लुङदर दज्र्युले ढपक्कै ढाकिएको छ ।  भोलि बिहान १० बजे सुरु हुने कार्यक्रमको उद्घाटन गर्न बागमती प्रदेश सरकारका सामाजिक बिकास मन्त्रि कुमारी मोक्तान आउने भएका छन ।


मेलामा तामाङ मौलिक सस्कृति झल्किने विभिन्न स्टलहरु रहनेछ । साथमा तामाङलाई प्रतिनिधित्व गरि विभिन्न क्षेत्रमा सफलता प्राप्त गर्न सफल बिभिन्न व्यक्ति तथा जेष्ठ नागरिकहरुलाई सम्मान गरिने छ ।

लामा बोन्बो , ताम्बा तथा लाप्ताबाहरुको विशेष प्रस्तुती रहने छ । स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको साथमा साँस्कृतिक पनि रहने छ ।

तामाङ समुदायका पछिल्लो पुस्तालाई आफ्नो सस्कृति प्रती अपनत्व महसुस होस भन्दै र मेला तथा सास्कृतिक कार्यक्रमलाई निरन्तर दिने उद्देश्य सहित यस बर्ष पनि कार्यक्रमको आयोजना गरिएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button