समाचार

वनकरिया समूदायको आयआर्जनको लागि साबुन बनाउने तालिम संचालनमा

Exif_JPEG_420

मनहरी । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा -४ मा बसोबास गर्दै आईरहेका लोपुन्मुख वनकरिया समूदायको लागि एक महिने साबुन बनाउने तालिम संचालनमा आएको छ ।

वनकरिया समूदायको आयआर्जनको निम्ति उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण मकवानपुर र मनहरी गाउँपालिका वडा नम्बर -४ को संयुक्त पहलमा संचालित तालिमको मंगलबार एक कार्यक्रमको आयोजना गरि उदघाटन गरिएको छ ।

तालिमको गाउँपालिकाका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि रन्जन कालाखेतीले आज औपचारिक उद्घाटन गरेका हुन् ।

उनले वनकरिया समूदायलाई रोजगारीसँग जोडेर विस्तारै आर्थिक, सामाजिक, शैक्षिक एवम् राजनीतिक रुपमा नेतुत्व सक्षम बनाउन गाउँपालिकाले पहल गर्ने बताए ।

स्थानीय स्तरमा उत्पादित साबुनमा विभिन्न प्रकारका केमिकलको प्रयोग न्यून हुने भएकाले मानव स्वास्थ्यको लागि प्रभावकारी हुने उनले विश्वास व्यक्त गरे । अध्यक्ष कालाखेतीले उत्पादित साबुनको बजारीकरणमा गाउँपालिकाले सहयोग गर्ने बताए ।

तालिम उद्घाटन समारोहमा गाउँपालिका अध्यक्ष रन्जन कालाखेतिको प्रमुख आतिथ्यमा भएको थियो भने उपाध्यक्ष सीता पुलामी मगर, ४ नम्वर वडा अध्यक्ष प्रकाश थापाल गायतको उपस्थित थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button