समाचार

प्रीति आले र भुमिका गिरीले नचाए दर्शकलाई , भोलि ज्योति मगर आउने


मनहरी । मनहरीमा जारी खेलकुद तथा व्यापार महोत्सवको सास्कृतिक कार्यक्रममा आज लोक तथा दोहोरी गायिका द्वय प्रीति आले र भुमिका गिरीको गीतमा दर्शक झुमेका छ्न।

पश्चिम मकवानपुरको मनहरी -८ सिमपानी स्थित खेलमैदानमा २१ गते देखि सुरु भएको मेलाको पाचौं दिन आज आले र गिरिको प्रस्तुतिमा मनहरीका दर्शकहरु झुमेका हुन।

मनहरी खेलकुद तथा व्यापार महोत्सवको छैठौं दिन सोमबार भने लोक तथा दोहोरो गायिका ज्योती मगर र गायक रवि रिमाल आउने आयोजक समितीका सदस्य चन्द्र स्याङतान (माधव) ले जानकारी दिए।

खेलकुद विकास समिति मनहरीको आयोजनामा संचालित महोत्सव फाल्गुन २१ गते देखि देखि चैत्र ४ गते सम्म संचालन हुने छ ।

यस अघि महोत्सव अवलोकन गर्नेहरुको सङ्ख्या उत्साहजनक नभए पनि क्रमिक रुपमा अवलोकनकर्ताहरुको सङ्ख्या क्रमिकरुममा वृद्धि भैरहेको आयोजकले जनाएको छ।

महोत्सवको पहिलो दिन मेला अवलोकन कर्ताहरुलाई निशुल्क प्रवेश गराइएको थियो भने दोस्रो दिन ७ सय, तेस्रो दिन १४ सय , चौथो दिन ३५ सय र आज अर्थात पाँचौ दिन ४ हजार टिकट बिक्री भएको आयोजक समितिका सदस्य चन्द्र स्याङ्तानले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button