स्थानिय

ईन्सेक र दिब्य ज्योति द्वारा मनहरीका जनप्रतिनिधिगरुलाई बधाई ज्ञापन


मनहरी । अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक) बागमती प्रदेश कार्यालय, र मनहरी ८ मा रहेको दिब्य ज्योति महिला तथा ऋण सहकारी सस्थाकोले संयुक्त रुपमा मनहरी गाउँपालिकाका नब निर्बाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना व्यक्त कार्यक्रम गरिएको छ ।
गाउपालिका अध्यक्ष,उपाध्यक्ष तथा ९ वटै वडाका अध्यक्षलाई एक समारोहका बिच बुधबार बधाई ज्ञापन गरिएको हो ।
कार्यक्रम मनहरी गाउपालिका अध्यक्ष रन्जन कालाखेतिको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा नम्बर ८ का वडा अध्यक्ष नारायण उप्रेती,५ नम्बर वडाका वडा अध्यक्ष दीपेन्द्र अधिकारी,८ नम्बर वडाका वडा सदस्यहरु,ईन्सेक बागमती प्रदेशका फोकल पर्सन प्रतिक्षा खडका, मानव अधिकार समुह मनहरीका सम्योजक बिमला गोपाली,मानव अधिकार समुहका सदस्यहरु,सहकारीमा आबद्द महिला तथा स्थानिय पत्रकारहरुको उपस्थिती रहेको कार्यक्रम दिब्य ज्योति महिला ऋण सहकारीकी अध्यक्ष सुजिता थापाको सभाध्यक्षतामा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button