
काठमाडौं । ग्रासरुटबाट खेलकुद विकासका लागि सरकारी कार्यक्रमहरु प्रभावकारी बन्न नसकिरहेको समयमा काठमाडौं जिल्ला खेलकुद विकास समितिले विद्यालयमा खेलकुद प्रशिक्षण कार्यक्रम सञ्चालन गरी खेलाडी उत्पादन कार्यक्रम सुरुवात गरेको छ ।
विद्यालय खेलकुद विकासको उद्देश्यले २०७४ मा राष्ट्रिय खेलकुद परिषद ९राखेप०मा दर्ता भएको राष्ट्रिय विद्यालय खेलकुद संघ अहिले लगभग निष्कृय छ । संघको तदर्थ समितिले निर्वाचनसमेत गराउन सकेको छैन ।
काठमाडौं जिल्ला खेलकुद विकास समितिको नेतृत्वमा आएपछि गणेशलाल कक्षपतिले विद्यालयसँगको सहकार्यमा खेलकुद प्रशिक्षण र विकास कार्यक्रमको योजना ल्याएका हुन् । यो योजनाअन्तर्गत जिल्लाभर कम्तिमा १ सय विद्यालयमा खेलकुद प्रशिक्षण कार्यक्रम सञ्चालन गरिनेछ । अघिल्लो साता डिल्लीबजारस्थित पद्मकन्या विद्यालयबाट यसको सुरुवात गरिएको छ ।






