
मनहरी । मनहरी गाउँपालिका वडा न.-६ को नव निर्मित प्रशासनिक भवन उदघाटन गरिएको छ । बिहिवार एक कार्यक्रमको आयोजना गरि गाउँपालिका अध्यक्ष रन्जन कालाखेती तथा उपाध्यक्ष सीता पुलामी मगर (रेखा) ले सयुक्त रुपमा रिबन काटेर उदघाटन गरे । भवन निर्माण कम्पनी मनकामना विल्डर्स हेटौंडाले निर्माण सम्पन्न गराई वडालाई हस्तान्तरण गरे सङ्गै दैनिक कार्य संचालन सुचारु गर्न प्रशासनिक भवन उदघटन गरिएको हो ।निर्माण कम्पनीले ८६ लाखमा सम्झौता गरि निर्माण गरिएको थियो । उदघाटन गरे सङ्गै मनहरी -६ नम्बर वडा बासिले अब नयाँ साढे दुई तला भएको भवनबाट सेवा प्राप्त गर्ने छ ।
६ नमबर वडा अध्यक्ष युवराज थपलिया सभाध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीको प्रमुख आथित्य रहेको थियो भने गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगर(रेखा), नौ वटा वडा अध्यक्षहरु , लगागयत विभिन्न ब्यक्तीहरुको उपस्थित रहेको थितो
प्रतिक्रिया दिनुहोस्