समाचार

मनहरीमा भोलि निशुल्क आँखा शिविर हुदै


मनहरी । मनहरीमा बिहिबार अर्थात भोली एक दिने निशुल्क आँखा परीक्षण शिविर हुने भएको छ । हेटौडा सामुदायिक आँखा अस्पतालको आयोजनामा तथा नेपाल रेडक्रस सोसाईटि मनहरी उपशाखा र मनहरी सामुदायिक आँखा अस्पताल संगको सहकार्यमा शिविर आयोजना गरिएको हो ।
शिविर मनहरी –७ स्थीत मनहरी सामुदायिक आँखा अस्पतालको प्राङगणमा बिहान १० बजे देखि २ बजे सम्म सञ्चालन हुने आयोजकले जनाएको छ । परीक्षणको क्रममा मोतिया बिन्दुको समस्या देखा परेमा निशुल्क रुपमा आँखाको शल्यक्रियाको व्यवस्था समेत रहेको छ ।मनहरी आसपासमा रहेका आँखा सम्बन्धि समस्या भएको व्यक्तिहरुलाई शिविरमा सहभागी हुन आग्रह गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button