खेलकुद

हेटौडामा भएको मैत्रीपूर्ण रग्बी खेलमा पुरुषतर्फ चितवन, महिलातर्फ मकवानपुर विजयी

हेटौंडा । मकवानपुरमा पहिलो पटक रग्बी खेलको भएको छ । शनिबार हेटौंडा स्थित पिप्ले(क्याम्पा रंगशालामा मकवानपुर रग्बी संघको आयोजनामा मकवानपुर र चितवनको मैत्रीपूर्ण खेल खेलेको हो ।

मैत्रीपुर्ण खेलमा पुरुषतर्फको चितवन र महिलातर्फ मकवानपुर विजयी भएको छ । चितवनको पुरुष रग्बी टिम सँग मकवानपुरका पुरुष रग्बी टिम ३(१ स्कोरले पराजित भएको हो । महिलातर्फ भने मकवानपुर रग्बी टिमले चितवन महिला रग्बी टिमलाई ७(० स्कोरले हराएको हो । विजयी महिला र पुरुष टिमले ट्रफी प्राप्त गरेको छ ।

जिल्ला समन्वय समिति मकवानपुर प्रमुख ललित बहादुर घलानको प्रमुख आतिथ्यता तथा मकवानपुर रग्बी संघका अध्यक्ष लिलाकुमार घलानको अध्यक्षता खेलको उद्घाटन कार्यक्रम भएको थियो ।

कार्यक्रममा जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष वेश खड्गी, हेटौंडा(१ का वडाध्यक्ष सविन न्यौपाने, हेटौंडा(५ का वडाध्यक्ष सुशील घिमिरे, रग्बी संघ बागमती प्रदेश सदस्य सुभाष सिन्तान, जिल्ला खेलकुद विकास समितिका निमित्त कार्यालय प्रमुख माधब कोइराला, पूर्व कार्यालय प्रमुख राजन दाहाल ९खुसराज०, एन्फा बागमती प्रदेश कमिटि सदस्य लवराज ठकुरी लगायतको आतिथ्य रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button