मनहरी । मनहरीमा प्रथम वडा अध्यक्ष कप नाईन ए साईड फुटबल प्रतियोगिता हुने भएको छ ।
मनहरी -९ मा रहेको केदारेश्वर युवा क्लबको आयोजनामा साउन ४ गतेबाट प्रतियोगिता संचालन हुन लागेको हो ।
प्रतियोगितामा गाउँपालिका क्षेत्र भित्रको फुटबल टीम तथा खेलाडिले मात्र सहभागी हुन पाउने छ ।
९ नम्बर वडा कार्यालयको सहयोगमा संचालन हुने उक्त खेल मनहरी -९ स्थित अग्निहोत्रश्रम परिसरको खेल मैदानमा हुने छ ।
रजैयामा रहेको केदारेश्वर युवा क्लवले वडा अध्यक्ष कप फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो ।
प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
यस्तै विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षक तथा प्रत्येक खेलको म्यान अफ द म्याचलाई पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ ।