खेलकुद

वेस्ट इन्डिजमा हुने ’सिक्स्टी’ क्रिकेट प्रतियोगिता नेपालका कप्तान लामिछानेले खेल्ने


काठमाडौं । नेपालका कप्तान सन्दीप लामिछानेले वेस्ट इन्डिजको ’सिक्स्टी’ क्रिकेट प्रतियोगिता खेल्ने भएका छन्। सन्दीप जमैका तलावाजमा आबद्ध भएका छन्।

यो प्रतियोगिता पहिलोपटक आयोजना हुन लागेको हो। प्रतियोगिता आगामी अगस्टमा हुनेछ। क्रिकेट लोकप्रियसँगै व्यवसायिक बन्दै जाँदा नयाँ(नयाँ फर्म्याटमा खेलाउन थालिएको छ। टेस्ट क्रिकेटपछि एकदिवसीय हुँदै टी–२० फर्म्याटमा प्रतिस्पर्धा हुन थाल्यो। त्यसपछि टी–१० र ‘हन्ड्रेड बल’ को फर्म्याटमा पनि प्रतिस्पर्धा भयो।

पछिल्लो पटक क्रिकेटमा ‘६० बल’ मा प्रतिस्पर्धा हुन थालेको छ। वेस्ट इन्डिज क्रिकेट बोर्ड र क्यारेबियन क्रिकेट लिगले केही दिनअघि नयाँ ढाँचाको प्रतियोगिताको घोषणा गरेको छ र यसको नाम ‘सिक्स्टी’ राखिएको छ। ‘सिक्स्टी’ प्रतियोगिता ६० बलको क्रिकेट प्रतियोगिता हो। प्रतियोगितामा विश्वभरका क्रिकेटरले भाग लिने भनिएको छ।

यस फर्म्याटको पहिलो प्रतियोगिता सेन्ट किट्स एन्ड नेभिसमा अगस्ट २४ देखि २८ सम्म खेलाइनेछ। यस फर्म्याटमा ब्याटिङ गर्ने प्रत्येक टोलीले ६ विकेट लिनेछ। छैटौं विकेट झर्नुको अर्थ अलआउट हुनेछ।

एक इनिङ्ग्समा ६० बल हुनेछ। यस ढाँचामा खेलिने ६० बलमध्ये पहिलो ३० बल एक छेउबाट र बाँकी ३० बल अर्को छेउबाट फालिनेछन्। कुनै पनि बलरले दुई ओभरभन्दा बढी बलिङ गर्न पाउने छैनन्।
वेस्ट इन्डिज क्रिकेट बोर्डले यो फर्म्याटले टी–१० क्रिकेटलाई प्रतिस्थापन गर्ने र यो द्रुत गतिको ढाँचा साबित हुने दाबी गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button