समाचार

लाल पुर्जा वितरण गर्छु भनेर सरकारले पटक–पटक ढाटेको भन्दै मनहरीमा संघर्ष समिति गठन

मनहरी । मनहरीमा रहेको भुमीहिन , सुकुम्बासी, अव्यवस्थित वस्तीको व्यवस्थापनमा पटक– पटक सरकार चुकेको सरोकारवालाहरुले बताएका छन ।

शनिबार मनहरी –६ स्थित जनजाति उत्थान प्राविको प्राङगणमा आयोजित कार्यक्रममा सहभागिहरु सुकुम्बासीले आफुहरुले उपभोग गर्दै आईरहेको जग्गाको धनि पुर्जा सरकारले पटक– पटक वितरण गरिने भनि आश्वासन दिलाए पनि हाल सम्म त्यसको कुनै प्रक्रिया थालनी नभएको भन्दै शनिबार मनहरी – ६ र ७ को भुमीहिन , सुकुम्बासीहरुले सरकारको विरोध  गर्दै आफुहरुको तत्काल जग्गा नापी गरि जग्ग धनी प्रमाण पुर्जा वितरण आग्रह गरे ।

चुनावको बेलामा मात्र बिभिन्न राजनितिक दलका उम्मेदवारहरुले उनिहरुको मुख्य एजेन्ट बनाई जनतालाई झुक्याई भोट लिने काम मात्र गरेको र त्यहि एजेण्डा अनुसार हाल सम्म तीनै तहको सरकार तथा जनप्रतिनिधिहरुले एथोििचत रुपमा प्रक्रिया नै अगाडी नबढाएको भन्दै कार्यक्रममा सहभागि भुमिहिन तथा सुकुम्बासीहरुले तीनै तहको सरकारको विरोध गरे ।

जनताको ढाटमा टेकेर सत्तामा पुगे पछि उनिहरुको विभिन्न नियम तथा विनियमको कुरा गरेर जनतालाई ढाट्ने काम मात्र गरेको भन्दै आक्रोश पोखे ।

निकुञ्ज तथा मध्यवर्ति क्षेत्र भित्रको सरकारी जग्गामा बसोबास गरेको कारण जग्गा धनि पुर्जा वितरणमा समस्या आएको भन्दै सरकारले बताइ रहदा जनताको हितमा काम नगर्ने नियम कानुनलाई तत्काल खारेज गरि जनता मुखी नियमको निर्माण गरि तत्काल जग्गाको लाल पुर्जाको वितरण गर्न सहभागिहरुले माग गरे ।

कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटि सचिवालय सदस्य वीर बहादुर घलान ९ ज्वाला० ले मनहरीको भुमीहिन , सुकुम्बासीलाई जग्गा धनि प्रमाणपत्र दिलाउ कार्यमा आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन ।

माओवादी आन्दोलन भुमीहिन , सुकुम्बासीहरुको पक्षमा रहेको भन्दै ज्वालाले जग्गा धनि प्रमाण पत्र प्राप्तको लागि आफु तीनै तहको सरकारसंग समन्वय गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा भुमीहिन , सुकुम्बासीहरुले जग्गा धनि प्रमाणपत्र प्राप्त गर्न दबाव दिने उद्धेश्यले क्षेत्र बहादु मोक्तानको अध्यक्षतामा ३५ सदस्यीय संघर्ष समिति घठन गरेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button