समाचार

राक्सिराङमा नारी सीपको सार्वजनिक सुनुवाई सम्पन्न

मनहरी । राक्सिराङ गाउँपालिकामा मकवानपुरमा सुरक्षित स्थानागमन प्रबर्द्धन परियोजना अन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको नारी सीप सिर्जना केन्द्रको सार्वजनिक सुनुवाई गरिएको छ ।

चैनपुरस्थित गाउँपालिकाको सभाहलमा भएको सार्वजनिक सुनुवाईमा संस्थाले बर्ष २०२४ मा प्रवाह गरेको सेवा तथा समुदायमा गरेको लगानीका बारे जानकारी गराइएको थियो ।

केन्द्रका परियोजना संयोजक ज्योति बम्जनले बर्षभरि संस्थाले गरेको विभिन्न गतिविधि तथा कार्यक्रमहरुबारे प्रकाश पार्नुभयो ।

उहाँले राक्सिराङ गाउापालिकाको ७ वटा वडामा संस्थाले दिगो विकास तथा जिविकोपार्जनसँगै समाजिक सचेतना र बहस पैरवीको क्षेत्रमा काम गरेको जानकारी दिनुभयो ।

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण स्थानिय समिति निर्माण गरि परिचालन गरिएको बताउँदै उहाँले समितिमार्फत समाजमा चेतना फैलाउने, निति पैरवी गर्ने, समस्यामा परेकाहरुको पहिचान तथा समस्या समाधानका लागि पहल गर्ने लगायत क्रियाकलाप गरिएको बताउनुभयो ।

यसबाहेक विभिन्न तरकारी खेती तालिम, बाख्रापलान तथा मौरीपालन तालिम, सिचाई योजनाहरु निर्माण, अवलोकन भ्रमण, सडक नाटक, समन्वय तथा सहकार्य बैठक लगायत क्रियाकलाप गरिएको बम्जनले जानकारी दिनुभयो ।

नारी सीपले एक बर्षको अवधिमा १ करोड १८ लाखभन्दा बढिको कार्यक्रम सञ्चालन गरिएको र करिब २४ सय मानिस लाभान्वित भएको संस्थाका कार्यकारी निर्देशक प्रबिण बास्तोलाले बताउनुभयो ।

सार्वजनिक सुुनुवाईमा सहभागीले नारी सीप सिर्जना केन्द्र नेपाल र राक्सिराङ गाउँपालिकाका कार्यक्रम तथा गतिविधिबारे जिज्ञासा राख्नुभएको थियो ।

जिज्ञासा राख्ने अधिकांशले विभिन्न तालिम तथा अनुदानका कार्यक्रमहरु लक्षित बर्गसम्म नपुगेको गुनासो गर्नुभएको थियो ।

सहभागीले अनुदानमा दिइएको सामाग्रीहरुको सदुपयोग हुन नसकेको, शिक्षा, स्वास्थ्य तथा वन वतावरणको क्षेत्रमा थप कार्यक्रम सञ्चालन आवश्यक रहेको लगायत विभिन्न धारणा राख्नुभएको थियो ।

सहभागीबाट उठेका प्रश्न तथा जिज्ञासामाथि संस्थाका परियोजना संयोजक ज्योति बम्जन, कार्यकारी निर्देशक प्रबिण बास्तोला, राक्सिराङ गाउापालिकाका समाजिक विकास शाखा प्रमुख गोविन्द अधिकारी, रोजगार संयोजक गोविन्द विश्वकर्मा, वडाअध्यक्षहरु उत्तम वाइबा, युसाई प्रजा लगायतले सम्बोधन गर्नुभएको थियो ।

सार्वजनकि सुनुवाई कार्यक्रममा नेपालका अध्यक्ष नानीमाया चापागाई, उपाध्यक्ष दुर्गा नेपाल, फिल्ड संयोजक गिता अर्याल लगायतको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button