खेलकुद

थाहा गोल्डकपको उपाधि माउन्टेन एफसीलाई

 

चौथो थाहा गोल्डकपको उपाधि काठमाडौंको माउन्टेन एफसीले हात पारेको छ।
थाहा नगरपालिकाको इन्द्रायणी चौर खेल मैदानमा भएको फाइनल खेलमा पारिजात स्मृति पुस्तकालय चित्लाङ लाई २-१ को गोल अन्तरले पराजित गर्दै माउन्टेन एफसीले उपाधी हात पारेको हो।
माउन्टेनको जितमा उर्गेन सेर्पा र अमित लामाले १ -१ गोल गरेर टिमलाई बिजयी बनाए भने पारिजातका याकुवले १ गोल गरेका थिय।
प्रतियोगितामा हाइ स्कोरर पारिजातका सोलोमन हुदा बेस्ट डिफेन्डर माउन्टेनका सबिन खड्का र उत्कृष्ट गोलकिपर माउन्टेनका सागर मगर हुन सफल भए भने प्रतियोगिताको उत्कृष्ट खेलाडी माउन्टेनका अमित लामा हुन सफल रहे उत्कृष्ट खेलाडी संगै लामा प्रतियोगिताको म्यान अफ द म्याच समेत भए ।
बिजेता बने संगै माउन्टेन एफसीले नगद २ लाख सहित ट्रफी ,मेडल तथा प्रमाणपत्र हात पारे भने उपबिजेता पारिजातले नगद १ लाख सहित मेडल तथा प्रमाणपत्र प्राप्त गरे तेसैगरी बिधागत उत्कृष्ट खेलाडी हरुले नगद ५ हजार सहित ट्रफी हात पार्दा उत्कृष्ट खेलाडी लाई नगद ७ हजार रुपैयाँ प्रदान गरियो।
प्रतियोगितामा बिजेता तथा उपबिजेता टिमलाई नगर प्रमुख बिष्णु बिष्ट तथा उपप्रमुख भरत गोपाली लगायतका अतिथिहरुले पुरस्कार प्रदान गरेका थिय।
प्रतियोगिता समापन समारोह भव्य रुपमा गरियको थियो।थाहा नगर खेलकुद विकास समितिका संयोजक टिकाराम स्याङ्तानको अध्यक्षतामा सम्पन्न पुरस्कार वितरण समारोहमा थाहा नगर प्रमुख बिष्णु बिष्टको प्रमुख आतिथ्यता तथा उपप्रमुख भरत गोपालीको बिशिस्ट आतिथ्यता रहेको समारोहमा वडा न १ का अध्यक्ष हेरमान गोपाली,४ का नारायण लामा,७ का शिवराज थिङ,९ का राजकुमार बलामी ,पुर्व खेलकुद बिकास संयोजक राजेश केसी,पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका सचिव नवराज बिष्ट ,नेपाली काङ्ग्रेस थाहा नगर सभापति प्रमोदकृष्ण जोशी,राप्रपा थाहा नगर अध्यक्ष नवीन रायमाझी ,माओवादी केन्द्रका नगर सदस्य इच्छापुर्ण कार्की ,थाहा स्पोर्ट्स एकेडेमीका अध्यक्ष युवराज बिष्ट,थाहा नगर उद्योग वाणिज्य संघका उपाध्यक्ष शम्भु शिं कार्की ,लगायतका उपस्तिथि रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button