
मनहरी । मनहरी गाँउपालिका वडा नं.–६ बन्नपुर्ण वस्ति निवासी ७९ वर्षिय शम्भु खत्रि सम्पर्क विहिन भएको छ । शनिबार बिहान करिब ७ बजे घुम्न जान्छु भनि घरबाट निस्केका खत्रि अहिले सम्म परिवारको सम्पर्कमा नआएको जनाएको छ ।
बिहानै निस्केको खत्रि बेलुका अबेर सम्म घर नआए पछि सबै आफन्तकोमा सम्पर्कमा गर्दा समेत सम्पर्कमा नआए पछि हराएको हुन सक्ने भन्दै शानिबार राती र आइतबार पुरौ दिन स्थानीय ठाँउहरुकोमा खोजतलास गर्दा समेत हाल सम्म भेटिएको छैन ।
परिबारले स्थानिय प्रहरी चौकिमा समेत जानकारी दिएको जनाएको छ ।कहि कतै खत्रिलाई देखेमा नजिकैको प्रहरी वा ९८४५२९४५७० , ९८५५०१२४४७ वा ९८४५६७९४२९ मा सम्पर्क गरिदिन परिवारले आग्रह गरेको छ ।






