समाचार

हेटौंडा – १५ मा ल्होछार विशेष साँस्कृतिक कार्यक्रम हुने

नेपाल तामाङ घेदुङ हेटौंडा – १५ वडा कमिटीको आयोजनामा वडास्तरिय ल्होछार विशेष साँस्कृतिक कार्यक्रम हुने भएको छ । शुक्रबार घेदुङ वडा कमिटीद्वारा आयोजित एक भेलाले उक्त निर्णय गरिएको हो । भेलाले २५१ सदस्यीय ल्होछार मूल समारोह समिति गठन गर्नुका साथै कार्य विभाजनसहित विभिन्न उपसमितिहरु गठन गरिएको छ ।

भेलाले आगामी माघ १४ गते (शनिबार) राष्ट्रिय कलाकारहरुको उपस्थितिमा विभिन्न सांगीतिक प्रस्तुतिहरु रहने गरि ल्होछार विशेष साँस्कृतिक कार्यक्रम गर्ने निर्णय गरिएको हो । कार्यक्रममा ल्होछार विशेष खानापानको परिकारका साथै पोशाक एवम् अन्य स्टलहरु रहने घेदुङ हेटौंडा – १५ का वडा कमिटी अध्यक्ष विशाल लामा ९तितुङ० ले जानकारी दिए ।

उपसमिति अन्तर्गत विमला वाईबाको संयोजकत्वमा युवराज लो, विकल भ्लोन सदस्य रहने गरि आर्थिक उपसमिति गठन गरिएको छ । यस्तै, विशाल लामाको संयोजकत्वमा वुना वाईबा र राधिका स्याङतान सदस्य रहने गरि अतिथि सत्कार उपसमिति गठन भएको छ । यस्तै, राजेन्द्र घलानको संयोजकत्वमा नवराज वाईबा र इन्द्रमान डिमडुङ सदस्य रहने गरि प्रचारप्रसार उपसमिति गठन गरिएको छ । यसैगरी मञ्च व्यवस्थापन तथा साउण्ड सिस्टमतर्फ युवराज लोको संयोजकत्वमा तेजबहादुर पाख्रिन र तिर्थमाया वाईबा सदस्य रहने गरि उपसमिति गठन भएको छ । कार्यक्रम हेटौंडा – १५ सानो सुकौलीस्थित गुम्बामा हुनेछ ।

यसैगरी, कलाकार व्यवस्थापनतर्फ राधिका स्याङतानको संयोजकत्वमा सदस्य मिना लामा र थप एक जना सदस्य पछि राख्ने गरि उपसमिति गठन गरिएको छ । यस्तै स्वयंसेवक तथा सुरक्षा उपसमितितर्फ बुद्ध लोको संयोजकत्वमा बुद्ध वाईबा र टीका वाईबा सदस्य रहने गरि उपसमिति गठन भएको छ ।

भेलामा हेटौंडा उपमहानगर कार्यपालिका सदस्य पातालिमाया गोङबा, वडा अध्यक्ष सुनिल मोक्तान, चुरियामाई गाविस पूर्व अध्यक्ष इन्द्रमान स्याङतानसहितको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button