खेलकुद

मनहरी– २ मा सञ्चालन भइरहेको फुटबल प्रतियोगितामा आज २ खेल सम्पन्न

मनहरी । मनहरी–२ मा शुभ दीपावलीको पावन अवसरमा आयोजनाजित नकआउट फुटबल प्रतियोगितामा शुक्रबार २ वटा खेल भएको छ ।  आज भएको पहिलो खेलसृजनाशिल युवा क्लब (सी) र स्याङ्बो टोल (टाँडी) विच प्रतिस्पर्धा भएको थियो जसमा स्याङबो टोल विजयी भएको छ । स्याङबो टोलले १ गोल गर्दै जित निकालेको हो ।

त्यसै गरी दोस्रो खेलमा आयोजकजनशक्ति उपभोक्ता समुह (ए) विजयी भएको छ । जुन तारा युवा क्लब (बी) र आयोजक विच भएको खेलमा जुनतारा ६ गोल अन्तरले पराजित भएको हो ।
पहिलो खेलमा आफ्नो टिमलाई विजयी गोल गरेका सृजनशिल युवा क्लबका आर्यन थिङ म्यान अफ द म्याच घोषित भएका थिए भने दोस्रो खेलमा जुनतारा युवा क्लवका बुद्धराज मोक्तान म्यान अफ द म्याच घोषित भएका थिए ।

स्थानीय त्रिरत्न प्राथामिक विद्यालयको खेल मैदानमा संचालन भइरहेको प्रतियोगिता आगामी असोज ८ गतेसम्म संचालन हुनेछ ।  प्रतियोगितामा प्रथम हुने टिमलाई नगद २० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र र द्वितीय हुने टिमलाई नगद १० हजार रुपैयाँ प्रदान गरिने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button