समाचार

मनहरी महोत्सवमा शनिबार दर्शकहरुको ओइरो


मनहरी । पाँचौ मनहरी महोत्सव सुरु भएको पाँचौ दिन महोत्सवस्थल दर्शकहरुले भरिएको छ ।

शनिबार १० हजार मानिसले महोत्सवको अवलोकन गरेको पाँचौ मनहरी महोत्सव प्रचारप्रसार उपसमितिका संयोजक राजु राउतले बताउनुभयो ।

शनिबारको दिन परेकाले विद्यार्थीहरु, कर्मचारीहरु तथा व्यवसायीहरुले पनि फुर्सद निकालेर महोत्सव अवलोकन गर्न आउनाले एकैदिन दर्शकको चाप बढेको हो ।

त्यससँगै चर्चित कलाकारहरुलेको उपस्थितिले पनि दर्शक तानेको थियो ।

शनिबार चर्चित लोकदोहोरी गायक पशुपति शर्मा र सम्झना लामिछाने मगरले दमदार प्रस्तुति दिनु भएको थियो ।

शर्माले ‘मलाई अमेरिका यहीँ, मलाई जापान पहि यहीँ’, ‘सारंगी ¥याइँ ¥याइँ भयो जीवन तिरीमिरी झ्याइँ’ लगायतका गीतहरु प्रस्तुत गर्नु भएको थियो ।

उहाँले गीत प्रस्तुत गरिरहँदा दर्शकहरु उत्तेजित भएर दर्शक दीर्घाबाट नाचिरहेका देखिन्थे ।

त्यसैगरी अर्की चर्चित गायिका सम्झना लामिछाने मगरले पनि गायत प्रस्तुत गर्नु भएको थियो ।

लामिछानेले ‘फुल फुलेर पहेलै भयो’ बोलको गीत दर्शक दिर्घामै गएर गाइदिनु भएको थियो ।

त्यस क्रममा दर्शकहरुले उहाँको हात समातेर नाचेका थिए ।

कार्यक्रममा कार्यक्रममा रियो छमछमीका बिजेता एबम् मनहरी गाउँपालिका ७ घर भएका सरोज प्रजा र उनको जोडी बिना राउतको नृत्यमा पनि दर्शकहरु तानिएका थिए ।

खासगरी युवा पुस्तामा टिकटक, र रिलमा दुबैजना लोकप्रिय छन् । कार्यक्रममा ,रेश्मा भोम्जन, दिपेन्द्र पुन, अनुसा चेपाङ लगायतले प्रस्तुति दिनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button