समाचार

झिल्केनीमा वन डढेलो नियन्त्रण तथा व्यवस्थापन सम्बन्धि अभिमुखिकरण तालिम


राक्सिराङ । राक्सिराङ गाउँपालिका वडा न.–३ झिल्केनीमा वन डढेलो नियन्त्रण तथा व्यवस्थापन सम्बन्धि अभिमुखिकरण तालिम सम्पन्न भएको छ ।
राक्सिराङराङ गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा वडा नं.–१,२ र ३ मा रहेका सामुदायिक वन उपभोक्ता समुहका प्रतिनिधि तथा विभिन्न टोल विकास संस्था आवद्ध व्यक्तिहरुको उपस्थीती रहेको थियो ।

सुख्खायाममा वन जंगलमा लाग्ने डढेलो नियन्त्रण सम्बन्धि बिभिन्न उपाय तथा वन जंगलमा नियतबस डढेलो लगाएमा कानुनमा उल्लेखीत बिभिन्न कारबाहीको बारेमा सहभागीहरुलाई जानकारी गराएका थिए । सहभागीहरुलाई ज्ञानेन्द्र तामाङ र सन्तोष थापा मगरले सहजीकरण गरेका थिए ।

साथै वनमा डढेला जाँदा नियणत्रण गर्ने उपाहरुलाई अभ्यास समेत गरेका थिए ।  वन तथा बन्यजन्तुको संरक्षणको लागि डढेलो नियन्त्रणको विकल्प नरहेको सहभागीहरुले बताएका  छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button