स्थानिय

मकवानपुर तामाङ कलाकार संघद्वारा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान


मनहरी ।मकवानपुर तामाङ कलाकार संघले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान गरिएको छ । शनिबार हेटौंडामा एक कार्यक्रमको आयोजना गरि मकवानपुरका सबै स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरिएको हो ।
मकवानपुरको विभिन्न पालिकाका मेयर /अध्यक्ष , उपाध्यक्ष , वडा अध्यक्ष , सदस्य र जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख तथा सदस्यहरुलाई बधाई तथा सम्मान गरिएको हो । कार्यक्रम बागमती प्रदेशका भौतिक बिकाश पुर्बाधार राज्यमन्त्री सन्त बहादुर चेपाङको प्रखुम आथित्यमा भएको कार्यक्रम मकवानपुर तामाङ कलाकार संघका अध्यक्ष धीरेन लामाको सभाध्यक्षतामा भएको थियो भने संघका सचिब रबिन्द्र थिङले कार्यक्रम संचालन गरेका थिए ।   फोटो फिचर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button