
मनहरी । मनहरी गाँउपालिका वडा नं.–२ मा रहेको ट्याङ्कि दमार प्रारम्भिक बाल बिकास केन्द्रमा अध्ययनरत बिद्यार्थिहरुलाई टि–सर्ट र ट्रयाक वितरण गरिएको छ । सोमबार एक कार्यक्रमको आयोजना गरि बिद्यालयमा अध्ययनरत ३० जना बिद्यार्थीलाई टि–सर्ट र ट्रयाक वितरण गरिएको हो । मनहरीका समाजसेवी ईश्वार थापाको पहलमा ROTARY International संस्थाको सहयोगमा प्राप्त उक्त टि–सट र ट्रयाक मनहरी गाउपालिकका उपाध्यक्ष तथा कार्यक्रमका प्रमुख अथिति सीता पुलामी मगर (रेखा) ले बिद्यार्थीहरुलाई हस्तातरण गरिेका थिए ।
उपाध्यक्ष सीता पुलामी मगर(रेखा)को प्रमुख आथित्यमा भएको वितरण कार्यक्रममा २ नम्बर वडाका अध्यक्ष राजकुमार पाख्रिन , विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष , शिक्षक शिक्षिका र अभिभावकहरुको उपस्थीती रहेको थियो ।
