स्थानिय

गठबन्धनले एमालेका उम्मेदवारलाई धक्का दिने क्रम जारी, भारी मतान्तरले एमाले पराजित हुने निश्चित

मनहरी । मनहरीमा नेकपा एमालेलाई धक्का दिदै गठबन्धनले मतान्तरमा अग्रता कायम राखेको छ । एक कार्यकाल अध्यक्ष पद गुजारी सकेका नेकपा एमालेका  प्रदेश कमिटि सदस्य तथा अध्यक्षका उम्मेदवार एकराज उप्रेती सहितको प्यानलाई यस स्थानिय तहको निर्वाचनमा गठबन्धनले धक्का दिएको छ । मनहरीमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस बिच भएको गठबन्धनका उम्मेदावरले नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका एकराज उप्रेती र उनको प्यानललाई   चुनौती दिएको छ ।

गठबन्धनबाट नेपाली कांग्रेसको तर्फ अध्यक्ष  पदका लागि उम्मेदावर बनेका रन्जन कालाखेतिले यो समाचार तयार पर्दा सम्म ४ हजार ७ सय २० मत ल्याई जितको बाटोलाई बलियो बनाएको छ  भने एमालेको तर्फबाट उम्मेदवार बनेको एकराज उप्रेतीले भने २ हजार ३ सय ३५ मत प्राप्त गरेको छ । यस विचमा कालाखेति र उप्रेतीको मताअन्तर २ हनार ३ सय ९४ मत रहेको छ । यो मतपरिणाम ५ वटा वडाको हो । मत गणना हुन अब ४ वटा वडा बाँकी रहेको छ । बाँकी वडामा पनि यस अनुसार मताअन्तर हुदै गएमा गठबन्धको तर्फबाट अध्यक्षका लागि उम्मेदवार बनेका कालाखेतिले उप्रेतीलाई भारी मतान्तरले पराजित गर्नेे निश्चित जस्तै छ ।

त्यसै गरि गठबन्धनकै तर्फबाट उपाध्यक्षको उम्मेदवार बनेका  माओवादी केन्द्रका नेत्रि सीता पुलमी मगर घलान ( रेखा)ले मतान्तरलाई कायम राखेका छन । उनले योसमाचार पर्दा सम्म ३ हजार १ सय ९१ म्त प्राप्त गरेका छन । त्यसै गरि नेकपा एमालेको तर्फबाट उपाध्यक्षका उम्मेदवार बनेका सुजीता थिङले हाल सम्म २ हजार ३ सय ४६ मत प्राप्त गरेका छन ।  यस बिचमा पुलामी र थिङ विच मतान्तर ८ सय ४५  रहेको छ  । त्यसै गरि नेकपा एकीकृत मसाजबाट उपाध्यक्षको उम्मेदावर बनेका  मनिला विष्टले हाल सम्म १ हजार ३ सय ४२ मत प्राप्त गरेका छन ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button