स्थानिय

नेपाल चेपाङ संघ मनहरीको अध्यक्षमा शेरमान चेपाङ


मनहरी । नेपाल चेपाङ संघ मनहरी गाउँ कार्यकारिणी   समितिको अध्यक्षमा शेर मान चेपाङ सर्वसम्मत रुपमा निर्वाचित भएका छ्न।

शुक्रबार  भएको छैठौं  अधिवेशनबाट चेपाङको नेतृत्वमा १५ सदस्यीय गाउँ कार्यकारिणी समिती गठन गरिएको हो ।

जसको  उपाध्यक्षमा वीर बहादुर चेपाङ,सचिवमा राम कृष्ण चेपाङ , सह-सचीव सोहित चेपाङ, र कोषाध्यक्षमा दिल माया चेपाङ रहेको छ ।‌

नेपाल चेपाङ संघ बागमती प्रदेशको अध्यक्ष खुशी लाल चेपाङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा चेपाङ नेता कृष्ण बहादुर चेपाङ ,  नेपाल चेपाङ संघ  जिल्ला समन्वय समिति सदस्य अभि राना चेपाङ  लगाएतकाको उपस्थिती रहेको थियो ।

कार्यक्रममा मनहरी गाउँ पालिकाको नौं वडाका प्रतिनिधीहरुको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button