स्थानिय

मनहरी –१ मा स्वास्थ्य कार्यालय भवन निर्माणमा त्रुटि भएको ठेकेदार नवराज पौडेलको स्वीकार


मनहरी । मनहरी गाँउपालिका वडा नं. –१ मा निर्माणधिन आधारभुत स्वास्थ्य कार्यालयको भवन निर्माणमा ठेकेदारले चरम लापारवाही गरेको देखीएको छ । भवनको पिल्लर निर्माण गर्दा भाइब्रेटर प्रयोग नगरिएको , आधिकांश स्थानमा ढलान छड देखिने गरि उक्किसकेको र बिम बांगो देखिनुका साथै केहि स्थानमा छड माथि प्लाइउड राखि ढलान गरेको पाइएको छ भने आवश्यक अनुपातमा सिमेन्टको प्रयोग समेत नगरिएको र अन्य काम समेत गुणस्तरहीन गरेको पाइए पछि स्थानीयहरुले बिरोध गरेका थिए ।
ठेकेदारले आफु अनुकुल कमसल कच्च पदार्थको प्रयोग गरि भवन निर्माण गरिरहेको देखि पछि स्थानीय आक्रोशित भएका थिए ।ठेकेदारले जसरी भए पछि असारको अन्तिम सम्ममा भुक्तानी लिने ध्याउन्न राखेर काम गरेका स्थानीयहरुले अरोप लगाएका छन । कमसल काम भएको खबर गाँउपालिकासम्म पुगे पछि ठेकेदारकोे भुक्तानी समेत रोकेको छ ।
त्यसका साथै ठेकेदारले गत असार १४ गते पानी परिहेको बेलामा राती ढलान गरेका थिए । पानी परिरहेको बेला र राती ढलान नगर्न वडा अध्यक्ष खनाल र वडाका प्राविधिक सरिता कालाखेतीले  पटक– पटक आग्रह गर्दा समेत अटेर गरी ठेकेदाले राती नै ढलान गरेका थिए ।
भवन निर्माण मापदण्ड विपरीत निर्माण भएको देखे पछि स्थानीयहरुले वडा अध्यक्ष खनाल र वडाका प्राविधिक कालाखेतीलाई पटक– पटक र्याख र्याखती पारेका थिए । उक्त विषयमा विवाद बढदै गए  पछि बिहिबार निर्माण स्थलमा  मनहरी गाँउपालिकाका अध्यक्ष रन्जन कालाखेती , वडा नं.–१का अध्यक्ष शीव प्रसाद खनाल , भवन निर्माणमा संलग्न ठेकेदार नवराज पौडेल , गााउपालिकाका ईन्जिनियर र स्थानिय विच छलफल भएको थियो । छलफलका क्रममा ठेकेदार पौडेलले भवन निर्माणमा त्रुटि भएको स्वीकार गरेका छन । उनले हाल सम्म निर्माण भएको सबै संरचना भत्काइ पुःनिर्माण गरिने प्रतिबद्धता समेत जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button