स्थानिय

मनहरी – ६ मा नयाँ आर्थिक वर्षको योजना छनौट भोलिबाट

मनहरी । मनहरी गाँउपालिका वडा नं.–६ ले आर्थिक वर्ष २०७९–८०को लािग योजना छनौट कार्यलाई तिब्रता दिएको छ । नयाँ जनप्रतिनिधि आए संगै वडाको बिभिन्न स्थानमा नयाँ योजना संकलन र छनौट कार्यलाइ त्रिब्रता पार्नका लागि कार्यक्रम तय गरि सकिएको छ । ६ नम्बरको वडा कार्यालयले एक सुचना जारी गदै नयाँ योजना संकलन र छनौटका लागि ६ स्थानमा कार्यक्रम तय गरि गरिएको वडा नं.–६ का अध्यक्ष युवराज थपलियले जानकारी दिए । जस अनुसार ६ गते डिपाडमा रहेको जनजाति उत्थान प्राविमा र प्रतापपुरको तरकारी संकलन केन्द्र भवनमा, ७ गते चौकिटोल क्लब भवन र मोरङे ताल पार्क चौरमा र ८ गते राष्ट्रिय प्रगति प्रावि लोथर र सरस्वति प्रावि बालभञ्याङमा कार्यक्रम तय गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button