मनहरी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)मनहरी गाँउ कमिटिको विस्तारित बैठक भदौ ५ गते
वस्ने भएको छ । माओवादी केन्द्र जिल्ला समन्वय समिति मकवानपुरको शुक्रबार बसेको बैठकले मनहरीमा ५ गते बैठक बस्न निर्देशन दिएको थियो। निर्देशन आएसंगै बैठकको तयारी ब्यापक रुपमा थालिएको छ ।
माओवादी केन्द्र मनहरीका अध्यक्ष रामप्रसाद कालाखेतीका अनुसार ५ गते बस्ने बैठकमा गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको चुनावको समिक्षा, आउदो मसिंर ४ गते हुने प्रदेश र संघको चुनावको तयारी र गाँउ कमिटि भित्र कसरी चुस्त दुरुस्त बनाउने भन्ने विषयमा ब्यापक छलफल हुने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्