
मनहरी ।पश्चिम मकवानपुरको मनहरी गाउपालिकाको ३ वटा बिद्यालयमा अध्यनरत बिद्यार्थीलाई शुक्रबार शैक्षिक सामाग्री बितरण गरिएको छ । सिविन नेपाल बालहेल्प लाईन १०९८ ले बालश्रम न्यूनीकरण परियोजना अन्तर्गत मनहरी -८ म रहेको महेन्द्र किरण माबिमा अध्ययनरत २१ जना , प्राथमिक बिद्यालय देवकोटमा अध्ययनरत २ जना र मनहरी -७ स्थित राष्ट्रिय रोटरी माबिका २ जना गरि २५ जना विद्यार्थी लाई शैक्षिक सामाग्री बितरण गरिएको हो । बितरण कार्यक्रममा वडा ननम्बर -८का वडा सदस्य राम चन्द्र सुवेदी , सिविन नेपालका सामाजिक परिचालक राजेन्द्र कुमार मोक्तान, बिद्यालय प्रतिनिधि र अभिभावकहरु उपस्थित रहेको थियो ।
to9amu