स्थानिय

तामाङ पत्रकार संघ मकवानपुर शाखाले २८ औं तामाङ प्रशारण दिवस मनाउने

फाईल तस्बिर

मनहरी । २८ औ तामाङ प्रशारण दिवसको अवसरमा तामाङ पत्रकार संघ मकवानपुरले जनप्रतिनिधि र तामाङ पत्रकार विच अन्तरक्रिया तथा सम्मान कार्यक्रम गरिने भएको छ । बिहिबार संघ मकवानपुरको बसेको बैठकले उक्त कार्यक्रम गर्ने निर्णय गरिएको हो । कार्यक्रम नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको सभाहलमा दिउसो १ बजे हुने छ ।

प्रत्येक वर्षको भदौ १ गते पर्ने यो दिवसको अवसरमा तामाङ पत्रकारितामा रहेको अवसर, चुनौती र सम्भावनाका बारेमा मकवानपुरका स्थानिय तहका प्रमुख र उप–प्रमुख सहितको जनप्रतिनिधि संग तामाङ पत्रकारहरुले अन्तरक्रिया गर्न लागेको हो । साथै गत वैशाख ३० गते निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई ज्ञापन तथा सम्मान कार्यक्रम पनि गर्न लागिएको संघ मकवानपुरका अध्यक्ष जयराम मुक्तानले बताए ।
२०५१ साल भदौ १ गते पहिलो पटक रेडियो नेपालबाट तामाङ भाषाको समाचार प्रशारण भएको थियो । उक्त दिनको सम्झना गर्दै नेपाल अधिराज्य भरका तामाङ पत्रकारहरुले प्रत्येक वर्षको भदौ १ गतेको दिनलाई तामाङ प्रशारण दिवसको रुपमा मनाउदै आईरहेको छ । हाल तामाङ भाषामा नेपाल अधिराज्य भरको बिभिन्न एफ एम तथा टेलिभिजनमा समाचार तथा कार्यक्रमहरु प्रशारण भइरहेको छ भने तामाङ भाषामै बिभिन्न जिल्लामा पत्रपत्रिका समेत प्रकाशनमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button