स्थानिय

रुपाचुरी सामुदायिक वन उपभोक्ता समुहको अध्यक्षमा केदार सिं गलान

मनहरी । मनहरी गाँउपालिका वडा नं.–६ स्थित रुपाचुरी सामुदायिक वन उपभोक्ता समुहले नयाँ नेतृत्व पाएको छ । केहि समय अघि देखि विवादास्पद रहेको वन समुहका अध्यक्ष अमृत लामा थिङले भदौ ११ गते राजीनामा दिए पछि उक्त सामुदायिक वन नेतृत्व विहिन रहेको थियो । शुक्रबार भएको भेलाले केदार सिं गलानलाई वन समुहको नेतृत्वका लागि सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरे संगै रुपाचुरी सामुदायिक वनले नयाँ नेतृत्व पाएको हो । जसको उपाध्यक्षमा कृष्ण बहादुर थिङ , सचिवमा झल्की काया घलान , सह–सचिवमा राम बहादुर तितुङ र कोषाध्यक्षमा भिम बहादुर बाल्ब रहेका छन । त्यसै गरि सदस्यहरुमा आयुष घलान, राजकुमार थिङ , सुनिता थिङ र प्रताप सिं घलान रहेका छन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button