मनहरी । सामुदायिक बिद्यालयमा अध्यनरत बिद्यार्थिहरुको उत्कृष्ट नतिजाका लागि निजि विद्यालयले पनि समन्वयकारी भुमिका हुनु पर्ने मनहरी गाँउपालिकाका अध्यक्ष रन्जन कालाखेतीले बताएका छन । मनहरी –८ मा रहेको युनाईटेड ईंलिस बोर्डिङ स्कुलले बुधबार आयोजना गरिएको स्नेह मिलान कार्यक्रममा बोल्दै अध्यक्ष कालाखेतीले सो कुरा बताएका हुन ।
तुलनात्क रुपमा सामुदायिक बिद्यालयको भन्दा निजि क्षेत्रबाट सञ्चालित बिद्यालको नजिता राम्रो आउने भएकाले निजि तथा सामुदायिक बिद्यालयले एक अर्काको शैक्षणिक बिधिहरु साटासाट गरि बिद्यार्थिहरु माझ सिकाई क्रियाकलापमा प्रयोग गरे शैक्षिक गुणस्तरमा बृद्धि हुने बताए । संस्थागत र सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तरमा फरक हुन नहुने बताउदै अध्यक्ष कालाखेतीले समान शैक्षिक गुणस्तरको लागि स्थायिन सरकारले समान्वयकारी भुमिका सदैब खेल्ने बताए ।
कार्यक्रममा गाँउपालिकाकी उपाध्यक्ष सीता पुलामी मगर (रेखा) , गाँउपालिकाका सबै वडाका अध्यक्ष , ईलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक कृष्ण ढकाल, मकवानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समितिका अध्यक्ष नारायाण सुवेदी , लगाएतका बिभिन्न ब्यक्तिहरुको उपस्थीती रहेको थियो ।