स्थानिय

माओवादी केन्द्र मनहरी ५ को अध्यक्षमा मिनबहादुर लामा

मनहरी । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र मनहरी गाउँपालिका ५ को वडा सम्मेलन भव्य भएको छ। शनिबार भएको तेस्रो सम्मेलनले मिनबहादुर लामाको अध्यक्षता नयाँ कमिटि सर्बसम्मत चयन गरिएको हो ।

कमिटिको उपाध्यक्षमा शुब्बा प्रसाद सिलवाल, सचिबमा कान्छाराम मुक्तान, सह-सचिब कुमार सुबेदी र कोषाध्यक्षमा शारदा सुबेदी लगायत ४१ सदस्यीय वडा कमिटि चयन गरिएको छ।

सोहि सम्मेलनमा टिकाराम जिम्बाको नेतृत्वमा १२ सदस्यीय वाईसिएल नेपाल ५ नम्बर वडा कमिटि गठन गरिएको छ। कमिटिको उपाध्यक्षमा निर्मल थापा, सचिबमा प्रमिला राई र कोषाध्यक्षमा सजिना राई लगायत सदस्यहरुमा राजु लामा, बिक्रम रुम्बा, राजन सुनार, चक्र बहादुर स्याङ्गतान, शुरेश सरवार, तुलसी नेपाली, रुपेन नेपाली र अर्जुन थापा ढवाडी रहेका छन् ।

त्यस्तै गरि, अनेम संघ (क्रान्तिकारी) ५ नम्बर वडा कमिटि गठन गरिएको छ। संघको अध्यक्षमा प्रमिला पुडासैनी, उपाध्यक्षमा सपना मगर, सचिब सुसिला स्याङ्गतान र कोषाध्यक्ष रिता मोक्तान थिङ्ग रहेका छन। त्यस्तै, सदस्यहरुमा अंकिता राई, रिता राई, कुमारी रुम्बा, सन्जु राई र कालीमाया राई लगायत सर्बसम्मत चयन भएको छ।

यस्तै, वडा सम्मेलनमा बिभिन्न पार्टी परित्याग गरि १८ जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। प्रवेश गर्नेहरुमा आनन्द गोपाल रुम्बा, प्रकाश राई, सुकुमाया घलान, सिता घिमिरे हमाल, सिर्जना अर्याल, रिता नेपाली, तुलसी नेपाली, सुरेश सुनार, रिता राई लगायत नव प्रवेशीलाई पार्टी पोलिटब्युरो सदस्य तथा जिल्ला इन्चार्ज कुमारी मोक्तानले टिका लगाई स्वागत गर्नु भएको थियो।

वडा कमिटिको उपाध्यक्ष शुब्बा प्रसाद सिलवालको अध्यक्षता भएको तेस्रो वडा सम्मेलन पोलिटब्युरो सदस्य तथा जिल्ला इन्चार्ज कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा भएको थियो। त्यस्तै पार्टी जिल्ला समन्वय समिति संयोजक सर्केश घलान, प्रदेश कमिटि सदस्य सीता पुलामी मगर ‘रेखा’, पार्टी गाउँ कमिटि अध्यक्ष राम प्रसाद कालाखेती, पार्टी जिल्ला समन्वय समिति सदस्य गजधार सुबेदी ‘केशब’, गाउँ कमिटि कोषाध्यक्ष ध्रुब खड्का, वाईसिएल नेपाल मनहरी गाउँ कमिटि इन्चार्ज इश्वर थापा, अध्यक्ष कृष्ण रुम्बा ‘झाक्री’ लगायतको आतिथ्यता रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button