
मनहरी । ईलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक प्रकाश थापाको सरुवा भएको छ । एक वर्षे कार्यकालको विट मार्दै थापा सिन्धुपाल्चोक सरुवा भएको हो । उनले आफ्नो कार्यकालमा मनहरी र आसपासका क्षेत्रको शान्ति सुरक्षालाई मजबुत बनाउन सफल भएको नमस्ते मनहरीलाई प्रतिक्रिया दिए । साथै कार्यसम्पादनमा सहयोग पुरयाउने सबैलाई धन्यबाद समेत ब्यक्त गरे । उनले आफनो कार्यकालको विवरण सार्वजनिक समेत गरे ।
पछिल्लो एक वर्षमा १ सय ६ वटा विभिन्न कसुरमा मुद्दा दर्ता भएको थियो । जसमध्ये ज्यान सम्वन्धी कसुरमा ३, चोरी ३, सवारी ज्यान १०, विवाह सम्वन्धी कसुर १, सार्वजनिक हित कसुर १४, करणी सम्वन्धि कसुर ८, झुण्डी मृत्यु १३, भवितव्य मृत्यु १३, विष सेवन ४, फुटकर ज्यान ३, बोक्सी आरोप सम्वन्धी कसुर १, जुवा १, लागुऔषध सम्वन्धी २९ र अन्य गरी १ सय ६ वटा मुद्दा दर्ता गरीएको हो ।
लागु औषधको मुद्दा दर्ता यस वर्ष पहिलेको तुलनामा बढि भएको प्रहरी निरिक्षक थापाले बबताए । आ।व २०७६र७७ मा १८ , ७७र७८ मा १९ मुद्दा दर्ता भएकोमा गत आ।व २०७८र७९ मा २९ वटा मुद्दा दर्ता गरी कारवाहि गरीएको उनको भनाई छ । सो अवधिमा इलाका प्रहरी कार्यालय मनहरीले अवैध लागुऔषध गाँजा ओसारपसारमा संलग्न ४० जना सहित ८ सय ५० किलो गाँजा र ५ ठुला सवारी साधन नियन्त्रणमा लिई कारवाहि गरेको छ ।
यस्तै सो अवधिमा २० किलो ५ सय ग्राम चरेस र डाइजेपाम, नुर्फिन र फेनरागन गरी एक हजार एम्पुल लागुऔषध बरामद गरीएको छ ।
गत आर्थिक वर्षमा १ सय ४८ अपराधी विरुद्ध मुद्दा दर्ता गरीएकोमा ८६ जना पक्राउ भएको थापाले बताए। अवैध नदिजन्य उत्खनन् कार्यमा संलग्न १ सय ७० ट्र्याक्टर नियन्त्रणमा लिई कारवाहि गरेको छ ।
