मनहरी । नेकपा माओवादी केन्द्र मनहरी गाउँकमिटिले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।
मनहरी -९ रजैया स्थित अग्निहोत्राश्रमको सभाहलमा एक कार्यक्रमको आयोजना गरि बडादशै , शुभ दिपावलि , छठ पर्व र नेपाल सम्वतको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको हो ।
नेपालीहरुको चाडको अवसरमा बुधबार एक कार्यक्रमको आयोजना गरि एक आपसम शुभकामना आदानप्रदान गरि सबैको सुख शान्ति र सम्दृद्दिको कामना गर्दै शुभकामना आदानप्रदान गरिएको थियो ।
शुभकामना कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा कार्यक्रमका प्रमुख अथिति घनश्याम दाहालले माओवादीले ल्याएको सङ्घियताका कारण जनताले धार्मिक स्वतन्त्रता पाएको र धार्मिक सहिष्णुता बढेको बताए।
नेकपा माओवादी केन्द्र मनहरी गाउँकमिटीका अध्यक्ष रामप्रसाद कालाखेतीको सभाध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य घनश्याम दाहालको प्रमुख आथित्यता रहेको थियो ।
त्यसै गरि माओवादी केन्द्रका बागमती प्रदेश कमिटी सचिवालय सदस्य बीर बहादुर घलान ( ज्वाला) , प्रदेश कमिटी सदस्य लक्ष्मि माझि , जेष्ठ नागरिक मंचका केन्द्रय सदस्य रामहरि सुबेदि , मनहरी इन्चार्ज राजकुमार पाख्रीन लगाएतको उपस्थित रहेको थियो ।
कार्यक्रम पार्टीका गाउँ कमिटी सचीवालय सदस्य दीपेन्द्र अधिकारीले संचालन गरेका थियो ।