
मनहरी । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका– ८ मा रहेको युनाइनाइटेड सेकेन्डरी बोडिङ स्कूलमास्क्रावल क्लब गठन गरेको छ । आइतबार स्कुलमा एक बृहत कार्यक्रमको आयोजना गरि मनहरी गाउँपालिकामै पहिलो पटक स्क्रावल क्लब गठन गरिएको बोर्डिङ प्रिन्सिपल मनोज मुक्तानले जानकारी दिए । । स्कुलले उक्त क्लव गठन गरेसँगै स्कुलमा अध्यनरत कक्षा ७ देखि ९ सम्मका विद्यार्थीहरलाई स्क्रावल सम्बन्धि र अन्तरदेशीय कार्यक्रम सम्बन्धि प्रशिक्षण समेत दिएको थियो । कार्यक्रमको सहजिकरण विवस जंग थापाले गर्नु भएको थियो। बाृेर्डिङ सञ्चालक समितिका पूर्व अध्यक्ष मातृका प्रसाद ढुंगानाको सभाध्यक्षतामा कार्यक्रम भएको थियो ।
प्रतिक्रिया दिनुहोस्