स्थानिय

राक्सिराङ्गको ६२ करोड ३४ लाख १५ हजारको बजेट पारित


मनहरी । राक्सिराङ गाउँपालिकाकाको बाह्रौ गाउँसभा सम्पन्न भएको छ । मंगलबार राक्सिराङ -५ चैनपुर स्थित गाउँ सभाहलमा आयोजना गरिएको गाउँ सभा बाट आर्थिक वर्ष ३०७९/८० को लागि ६२ करोड ३४ लाख १५ हजारको बजेट पारित गरिएको छ । सभामा गाउँपालिका उपाध्यक्ष बनस्तम थिङ्गले प्रस्तुत गरेको सो बजेट सर्वसम्मतिले पारित समेत गरेको छ ।
थिङ्गले सार्वजनिक गरेको बजेटमा पुजीगततर्फ २६ करोड ५९ लाख ७ हजार पाँच सय र चालुतर्फ ३५ करोड ७५ लाख ७ हजार पाँच सय विनियोजन गरिएको छ । बजेटले स्थानीय पुर्वाधारका आयोजना, कुषि पशु सहकारी, रोजगारी लगायत क्षेत्रलाई समेटिएको उपाध्यक्ष थिङ्गले जानकारी दिए । त्यसबाहेक सँस्कृति पर्यटन, शिक्षा स्वास्थ्य लगायत क्षेत्रमा पनि पर्याप्त बजेट विनियोजन गरिएको उनको भनाई छ ।
गाउँसभाको दोस्रो बैठकमा विनियोजन विधेयक २०७९, न्यायिक समितिको सदस्य मनोनयन, आगामी आर्थिक बर्षको राजस्व तथा व्ययको अनुमान, विधायन समिति र लेखा समितिको गठन र चेपाङ संरक्षित क्षेत्र घोषणा सम्बन्धी प्रस्ताव पनि पारित गरिएको छ । गाउँपालिका अध्यक्ष राजकुमार मल्लको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो ।राक्सिराङ्ग गाउँपालिकाले कुल ६२ करोड ३४ लाख १५ हजारको बजेट पारित गरेको छ । मंगलबार सम्पन्न बाह्रौ गाउँसभाको दोस्रो बैठकमा गाउँपालिका उपाध्यक्ष बनस्तम थिङ्गले प्रस्तुत गरेको सो बजेट सर्वसम्मतिले पारित भएको हो ।
थिङ्गले सार्वजनिक गरेको बजेटमा पुजीगततर्फ २६ करोड ५९ लाख ७ हजार पाँच सय र चालुतर्फ ३५ करोड ७५ लाख ७ हजार पाँच सय विनियोजन गरिएको छ । बजेटले स्थानीय पुर्वाधारका आयोजना, कुषि पशु सहकारी, रोजगारी लगायत क्षेत्रलाई समेटिएको उपाध्यक्ष थिङ्गले जानकारी दिए । त्यसबाहेक सँस्कृति पर्यटन, शिक्षा स्वास्थ्य लगायत क्षेत्रमा पनि पर्याप्त बजेट विनियोजन गरिएको उनको भनाई छ ।
गाउँसभाको दोस्रो बैठकमा विनियोजन विधेयक २०७९, न्यायिक समितिको सदस्य मनोनयन, आगामी आर्थिक बर्षको राजस्व तथा व्ययको अनुमान, विधायन समिति र लेखा समितिको गठन र चेपाङ संरक्षित क्षेत्र घोषणा सम्बन्धी प्रस्ताव पनि पारित गरिएको छ । गाउँपालिका अध्यक्ष राजकुमार मल्लको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button