
मनहरी । पश्चिम मकवानपुरको मनहरी -६ आसपासको सुरक्षा ब्यबस्थालाई चुस्त बनाउन स्थापना गरिएको प्रहरी चौकी भवनको उद्घाटन गरिको छ । मनहरी – ६ स्थित सुनाचुरीमा रहेको सुनाचुरी प्रहरी चौकीको बुधबार एक कार्यक्रमको आयोजना गरि गाउँपालिका अध्यक्ष रन्जन कालाखेतिले उद्घाटन गरे । भवनको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष कालाखेतीले राजमार्गसँग जोडिएको मनहरी गाउँपालिकामा शान्ति सुरक्षा र सुव्यवस्था कायम गराउन प्रहरीको भुमिका महत्वपुर्ण रहेको बताए । जिल्ला प्रहरी कार्यालयका प्रमुख गुरुङले जनताको सेवा गर्नकै लागि प्रहरी रहने भएकाले प्रहरीलाई पनि जनताको सहयोग हुनुपर्ने बताए । उनले मनहरीमा राजमार्ग, खोला नदिहरु, वन जंगल तथा निकुञ्ज क्षेत्र भएकाले अपराधिक घटना तथा दुर्घटना बढि हुने भएकाले विभिन्न जनप्रतिनिधि, सरोकारवाला तथा स्थानीयले प्रहरीलाई सहयोग गर्न आग्रह गरे ।
गाउपालिका अध्यक्ष रन्जन कालाखेतिको प्रमुख आथित्यमा भएको कार्यक्रममा उपाध्यक्ष सिता पुलामी मगर, जिल्ला प्रहरी कार्यालयका प्रमुख सुरेन्द्र बहादुर गुरुङ , इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरिक्षक प्रकाश थापा, मनहरी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोहन कुमार श्रेष्ठ, विभिन्न वडाका अध्यक्षहरु तथा सरोकारवालाको उपस्थिति थियो । मनहरी गाउँपालिकाले उपलब्ध गराएको १५ लाख बजेटमा चौकीको नयाँ भवन निर्माण गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्