स्थानिय

कैलाशका किशोर र मनहरीका किशोरी बीच भएको बिवाह बदर

मनहरी । मनहरी गाउँपालिका मनहरी वडा न.-९ निवासी एक १५ वर्षिय किशोरीको बिवाह बदर भएको छ । केही दिन अघि कैलाश गाउँपालिका – ७ कोथलिटार निवासि एक किशोर संग भागी बिवाह गरिएको थियो । भागी बिवाह गरेको उनीहरु सोमबार माईती पक्षसँग ढोकभेटका लागि मनहरी -९ स्थित माईती घर पुगेको थियो । जन्ती सहित माईती पुगेको थाहा पाउने बित्तिकै मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेती ,९नम्बर वडा अध्यक्ष राजकुमार श्रेष्ठ , सिबिन नेपाल सामाजिक परिचालक राजेन्द्र मोक्तान , राडो नेपाल, मनहरी बाल सन्जालमा आबद्ध बालबालिकाहरु सहित भएको छलफलको क्रममा दुबै पक्षको अभिभावकले उमेर पुगेर मात्र बिवाह गरिनेदिने सहमती जनाए पछि दुबै जना किशोर किशोरीले बिवाह बदर गर्ने सहमति जनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button