मनहरी ।नेकपा माओवादी केन्द्र मकवानपुरले बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचन बाट निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा अभिनन्दन गरेको छ। नेकपा माओवादी केन्द्र मकवानपुरले शनिबार एक कार्यक्रमको आयोजना गरि माओवादी केन्द्रबाट उम्मेदवार बनी बिजयी भएका मकवानपुरका जनप्रतिनिधिहरुलाई पार्टी कार्यालमा एक बृहत कार्यक्रमको आयोजना गरि खादा र टिका लगाएर बधाई ज्ञापन गरिएको हो ।
कार्यक्रम नेकपा माओवादी केन्द्र मकवानपुरका इन्चार्ज तथा बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यहरु प्रमिला पुलामी,आसा नेपाली,बागमती प्रदेशका उपाध्यक्ष प्रेम बहादुर पुलामी (छिन्तु),मकवानपुर संयोजक सर्केश घलान लगायतको आतिथ्यताा रहेको थियो ।
मकवानपुरको दश स्थानीय तहमा एकसय २६ जना जनप्रतिनिधि निर्वाचित भएको नेकपा माओवादी केन्द्र मकवानपुरका सचिव भीम पाख्रिनले बताए । उनका अनुसार एक मेयर,एक पालिका अध्यक्ष,पाँच पालिका उपाध्यक्ष र २४ जना वडा अध्यक्ष निर्वाचित भएका छन् । ९५ जना वडा सदस्य, ८ जना कार्यपालिका सदस्य मनोनित र एक जना जिल्ला समन्वय समितिको सभापति निर्वाचित भएको पाख्रिनले बताए ।
प्रतिक्रिया दिनुहोस्