मनहरी । भर्खरै प्राप्त खबर अनुसार राक्सिराङ-५ स्थित जिर्खे खोलाले यात्रु बोकेको एक बोलेरोलाई बगाएको छ । केहि बेर अघि परेको अविरल वर्षाका कारण आएको बाढीले बोलेरोलाइ बगाएको जनाएको छ । घट्नको बिस्तृत जानकारी आउन केही बेर लाग्ने भएको छ । खोलाले बगाएको बोलेरो र यात्रुलाई उद्दार गर्न राक्सिराङ गाउँपालिकाका उपाध्यक्ष बनस्तम थिङ र ईलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी टोलि घटना स्थल तर्फ गैइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्
