स्थानिय

एचपिभि खोप : मनहरीमा १ हजार १ सय ९६ जना छात्राहरुले खोप लगाए


मनहरी । पश्चिम मकवानपुरको मनहरीमा पाठे घरको मुखको क्यान्सर बिरुद्ध लगाइने खोप  (एचपिभि) अभियानको दोसो दिन ३ सय ८० जना छात्राहरुले खोप लगाएका छन् ।

मंगलबारबाट सुरु भएको खोप अभियानको दोस्रो दिन अर्थात बुधबार गाउँपालिकाको ४ वटा खोप केन्द्रमा ३ सय ८० जना छात्राहरुले खोप लगाएको मनहरी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र दाहालले जानकारी दिए ।

आज मनहरी गाउँपालिका वडा नं.–१ म रहको बाल जिवन ज्योति माविमा १ सय २५ जना , सीता मावि मनहरी–२ मा २६ जना , राष्ट्रीय मावि मनहरी –६ सुनाचुरीमा १सय ३७ जना र युुनिभर्सल एकेडेमी र मेरीगोल्ड बोर्डिङ स्कुल मनहरी –७ मा ९७ जना गरि कुल ३ सय ८० जना छालाहरुले पाठे घरको मुखको क्यान्सर बिरुद्धको खोप लगाएको छ ।

यस अघि मंगलबार ११ वटा खोप केन्द्रबाट ८ सय १६जना छात्राहरुले खोप लगाएको थियो ।  मंगलबार र बुधबार गरि २ दिनमा १ हजार १ सय ९६ जना छात्राहरुले खोप लगाईसकेका छन भने बाँकी १ हजार ४ जनाले २५ गते भित्रमा खोप लगाइसक्ने छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button