थाहानगर । थाहा नगरमा क्रियाशिल पालुङ जेसीजको बार्षिक साधारणसभा पौष १३ गते शुक्रबार थाहा नगरपालिका शिखरकोटको शंकर होटलमा हुने भएको छ ।
एक बषर्, एक ब्यक्ति, एक पदको सिद्धान्त अनुसार उक्त साधारण सभाले बर्ष २०२४ को लागि नयाँ कार्य समितिको चयन गर्ने बर्ष २०२३ का महासचिव सञ्जय गोपालीले बताउनुभयो ।
गोपालीका अनुसार साधारणसभाले बर्ष २०२३को गतिबिधिसहितको प्रतिवेदन, आर्थिक प्रतिवेदन छलफल सहित अनुमोदन हुनेछ ।
सन् २००० मा स्थापना भएको पालुङ जेसीजको आगामी साधारणसभा २४ औं साधारण सभा भएको र साधारण सभा अन्तरगतको निर्वाचन कार्यक्रम पौष ९ गते सोमबार प्रकाशन गरिएको छ ।
जस अन्तरगत मतदाता नामावली प्रकाशन भएको र पौष १० गते मंगलबार ऊम्मेद्वारी दर्ताको कार्यक्रम रहेको निर्वाचन आयुत्त जयराम खत्रीले बताउनुभयो ।
जेसीजको बिधान अनुसार १ अध्यक्ष, २ कार्यकारिणी उपाध्यक्ष, ४ उपाध्यक्ष पदको निर्वाचन हुनेछ भने बाँकी पदहरुमा अध्यक्षले मनोनित गर्ने ब्यवस्था रहेको हुन्छ ।
निर्वाचन कार्यमा जेसीजको बिधान अनुसार १८ बर्ष देखि ४० बर्षका पालुङ जेसीजका सदस्यहरु सहभागी हुनेछन् ।