मनहरी । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर– २ ठाडोखोलामा मन्जुश्री संवत् २८६१ डुल ल्हो (सर्प वर्ग) सोनाम ल्होछारको अवसरमा ल्होछार विशेष साँस्कृतिक कार्यक्रम हुने भएको छ ।
सोमबार पत्रकार सम्मेलानको आयोजना गर्दै आगामी फागुन २ गते ल्होछार विशेष साँस्कृतिक कार्यक्रम हुने जानकारी दिएको छ । गत वर्ष भुन्द्रुङ टाँटीमा भएको कार्यक्रम यस वर्ष भने त्रिरत्न प्राविको प्राङ्गणमा हुने जनाएको छ ।
ल्होछार कार्यक्रममा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम, तामाङ विज्ञद्वारा संस्कृतिको जानकारी, तामाङ मौलिक भेषाभुषा तथा प्रस्तुतिहरु रहने मनहरी २ का अध्यक्ष राजकुमार पाख्रीनले बताए।
कार्यक्रममा कलाकार विश्व दोङ, जितु लोप्चन, धिरेन लामा लगायतको चर्चित कलाकारहरुको प्रस्तुति रहने छ । खेलकुद बिकास समिति मनहरी २ को आयोजनामा हुने कार्यक्रमलाई , मनहरी गाउँपालिकाको विशेष सहयोग र संरक्षक तथा सहयोगीको रुपमा मनहरी गाउँपालिका वडा नं.–२ को कार्यालय रहने छ ।कार्यक्रममा करिब ५ हजारले अबलोकन गर्ने र ५ लाख खर्च हुने आयोजकको अनुमान छ ।
कार्यक्रम संयोजक सन्देश थिङको अध्यक्षता तथा मनहरी–२ का अध्यक्ष प्रमुख अतिथ्यतामा भएको पत्रकार सम्मेलनमा खेलकुद विकास समिति मनहरीका सदस्य तथा नेकपा माओवादी केन्द्र मनहरी २ का इन्चार्ज चन्द्र बहादुर स्याङ्तान, खेलकुद विकास समिति मनहरी २ का अध्यक्ष तथा मनहरी २ का वडा सदस्य शुक्राम मोक्तान, खेलकुद विकास समिति मनहरी २ का सदस्य तथा नेकपा ईमेल मनहरी २ का अध्यक्ष ईन्द्र देब वाइबा, तामाङ पत्रकार संघ बागमती प्रदेशका अध्यक्ष ज्ञानेन्द्र तामाङ, जिल्ला अध्यक्ष जयराम मुक्तान, रिपोर्टस क्लब मकवानपुर अध्यक्ष बलाराम पुडासैनी, सन्चारिका समुह मकवानपुरकी अध्यक्ष निशा गुरुङ, फोनिज मकवानपुरकी सचिव मनिता राना, तामाङ पत्रकार सघ मकवानपुरका सचिव भुवन घलान लगायतको उपस्थित रहेको थियो ।