
मनहरी । मनहरीमा प्रथम उपाध्यक्ष पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।
आइतबार मनहरी –७ स्थित रोटरी मार्केटमा पत्रकार सम्मेलनको आयोजना गरि सो प्रतियोगिताबारे जानकारी दिएको छ ।
प्रतियोगीता माघ २३ गते देखि २६ गते सम्म मनहरी –४ गोलघर खेल मैदानमा सञ्चालन हुने जनाएको छ ।
मनहरी गाँउपालिका खेल विकास समितिकोको आयोजना र मनहरी गाउँपालिकाको आर्थिक सहयोगमा खेल सञ्चालन हुने समितिका अध्यक्ष बीरु लामाले जानकारी दिए ।
कार्यक्रममा गाँउपालिका उपाध्यक्ष सीता पुलामी मगरले प्रतियोगीतमा प्रयोग हुने जर्सि समेत सार्वजनिक गरेका थिए ।
प्रतियोगितामा नौ वटा टिम सहभागी हुने छ भने प्रथम , द्वितिया हुने टिमले क्रमश नगद ५० हजार, ३० हजार शिल्ड , मेडल , प्रमाणपत्र प्राप्त गर्ने छ भने बिधागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुले पुरस्कार प्राप्त गर्ने छ ।






