मनहरी । पाँचौ मनहरी महोत्सव हुने भएको छ । सोमबार मनहरी –७ स्थित रोटरी मार्केटमा पत्रकार सम्मेलनको आयोजना गर्दै सो बारे जानकारी दिएको हो ।
माघ १६ गते देखि २८ गते सम्म सञ्चालन हुने मेला मनहरी पुलबाट उत्तर दिशामा रहेकोे मनहरी खोलाको बगर हुने जनाएको छ। मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समिति मनहरीको आयोजनामा सञ्चालन हुने उक्त महोत्सव कैलाश र राक्सिराङ गाउँपालिकाको सह आयोजनामा हुने छन भने मनहरी गाउँपालिका महोत्सवको संरक्षकको रुपमा रहने छ ।
मनहरी , राक्सिराङ , कैलास गाउँपालिका र चितवन जिल्लाका सहभागीहरुलाई मेला अवलोकन गराउने उद्धेश्य सहित स्थानिय उत्पादन र स्थानिय प्रतिभाहरुलाई उजागर गराउने उद्धेश्यले मेला आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समिति मनहरीका अध्यक्ष तथा मेला मुल आयोजक समितिका संयोजक गणेश मानन्धरले जानकारी दिए ।
१ सय ५० वटा स्टल रहने मेलमा पश्चिम मकवानपुरमा उत्पादित गेडागुडी , फलफुल, तथा मौलिक उत्पादन सहित कृषि प्रदर्शनी , बाल उद्यान, स्थानीय मौलिक खानेकुराहरुलाई प्राथमिकता दिइने छ ।
कुल स्टल मध्ये २० वटा स्टल कृषि , जातजातीको संस्कृती , र पशुका लागि निशुल्क प्रदान गरिने छ ।
त्यसै गरि अल्पसंख्यक चेपाङ बनकरिया, तामाङ , मगर लगाएतका जनजातीहरुको संस्कृती झल्किने बिभिन्न प्रदर्शनी रहेने आयोजकले जनाएको छ । मेला अबधि भर स्थानिय तथा चर्चित राष्ट्रिय कलाकारहरुको प्रस्तुती समेत रहने छ ।