मनहरी । पश्चिम मकवानपुरको मनहरीमा सोनाम ल्होछार मेला तथा विशेष साँस्कृतिक कार्यक्रम हुने भएको छ ।
शुक्रबार एक भेलाको आयोजना गरि सुरेश मुक्तानको संयोजकत्वमा १ सय ५१ सदस्यीय मेला आयोजक कमिटी गठन गरिएको छ ।
माघ २७ गते २८६० सोनाम ल्होछारको अबसर पारेर मनहरी -७ स्थित बुद्ध शान्ति हरित पार्क परिसरमा पश्चिम मकवानपुरको सबै जातजाति र समुदायलाई समेटेर बृहत मेला तथा साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको संयोजक सुरेश मुक्तानले जानकारी दिए ।
मेला तथा साँस्कृतिक कार्यक्रमको तयारीका लागि छिट्टै बिभिन्न उपसमितिहरु गठन गरि व्यापक तयारी थालिने छ ।
मेलामा तामाङ मौलिक सस्कृति झल्किने विभिन्न स्टलहरु रहनेछ । साथमा तामाङलाई प्रतिनिधित्व गरि विभिन्न क्षेत्रमा सफलता प्राप्त गर्न सफल बिभिन्न व्यक्ति तथा जेष्ठ नागरिकहरुलाई सम्मान गरिने छ ।
साथै लामा बोन्बो , ताम्बा तथा लाप्ताबाहरुको विशेष प्रस्तुती रहने छ । स्थानीय तथा रास्ट्रीय स्तरका कलाकारहरुको साथमा साँस्कृतिक पनि रहने छ ।
तामाङ समुदायका पछिल्लो पुस्तालाई आफ्नो सस्कृति प्रती अपनत्व महसुस होस भन्दै र मेला तथा सास्कृतिक कार्यक्रमलाई निरन्तर दिने उद्देश्य सहित यस बर्ष पनि कार्यक्रमको आयोजना गरिएको हो ।
गत बर्ष पनि बुद्ध शान्ति हरित पार्क परिसरमा मेला आयोजना गरिएको थियो ।