स्थानिय

मनहरीमा दैनिक रुपमा जंगली हात्ती मानव वस्तिमा प्रवेश गरि धान बाली नष्ट गर्दै


मननहरी । पश्चिम मकवानपुरको मनहरीको विभिन्न क्षेत्रमा जंगली हात्ती आताङक बढेको छ । पछिल्लो समय दैनिक जसो हात्ती मानव वस्तिमा प्रवेश गरि धानबाली नै नष्ट गरिरहेको छ । केहि समय अघि देखि मनहरीको ज्यामिरे , माथिल्लो ज्यामिरे , रमौली , प्रर्तापुर , डिपाट , नयाँवस्ति, सुनाचुरी , लगाएतका बिभिन्न क्षेत्रमा रहेको धानबालीमा हात्ती प्रवेश गरि वाली नष्ट गरिरहेको छ । त्यसका साथै घर गोठ भत्काउने ,घरमा रहेको अन्न समेत नष्ट गर्ने गरेको छ ।
पर्सा रािष्ट्रय निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्जबाट दैनिक जसो जंगली हात्ती प्रवेश गरेर बिभिन्न अन्न बाली नष्ट गर्ने काम भए पछि स्थानियहरु हैरानी बेर्होन बाध्य भएको छ । झमक्क साँझ पर्न साथ हात्ती आउने काम दैनिक भए पछि स्थानियहरु हात्ती लखेट्न काम दैनिकी जस्तै बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button