स्थानिय

माओवादी नेताहरुद्वारा मनहरी–१ मा खेल सामाग्री र नगद सहयोग


मनहरी । मनहरी गाउँपालिका वडा नं.–१ मा रहेको सक्षम युवा क्लबलाई खेल सामाग्री सहयोग गरिएको छ । नेकपा माओवादी केन्द्रका नेतााहरुले शुक्रबार एक कार्यक्रमका विच खेल सामाग्री सहयोग हस्तान्तरण गरिएको हो ।

नेकपा माओवादी केन्द्रको जनजनमा माओवादी जनता संग माओवादी बिशेष रुपान्तरण अभियान अन्तर्गत जर्सी फुटबल , जुत्ता ,फुटबल लगायत को सामाग्रीहरु हस्तान्तरण गरिएको हो । क्लबलाई नेकपा माओवादी केन्द्र मनहरी –१ का ईन्चार्ज चन्द्र बहादुर मोक्तानले २९ थान जर्सी ,२९ जोर जुत्ता र एक थान फुटबल सहयोग गरिएको छ ।

साथै मनहरी –२ का निर्वाचित वडा अध्यक्ष राजकुमार पाख्रिनले २ थान फुटबल सहयोग गरिएको छ । त्यसै गरि मनहरी – ४ का वडा अध्यक्ष प्रकाश थापाले ५ हजार , जिल्ला खेलकुद बिकास समिति सदस्य आलोक स्याङतानले नगद ४ हजार सहयोग गरिएको छ । सहयोग खेल सामाग्री र नगद जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख तथा माओवादी नेता ललित घलानले हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटि सचिवालयसदस्य वीर बहादुर घलान (ज्वाला ) लक्ष्मी माझ(कृपा ) लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button