स्थानिय

पुष्पलाल स्मृति आधारभुत स्वास्थ्य सेवा केन्द्रलाई माईक्रोस्कोप प्राप्त

मनहरी  । मनहरी -६ म रहेको पुष्पलाल स्मृति आधारभुत स्वास्थ्य सेवा केन्द्रलाई बिराट नेपाल मेडिकल ट्रस्ट बिएनएमटीले माईक्रोस्कोप हस्तान्तरण गरेको छ ।

मंगलबार एक कार्यक्रमका बिच उक्त सामाग्री हस्तान्तरण गरेको हो ।

संस्थाका प्रोजेक्ट मेनेजर भोला राईले मनहरी गाउँपालिका ६ नम्बर वडा अध्यक्ष युवराज थपलियालाई सामाग्री हस्तान्तरण गरेका थिए ।

संस्थाद्वारा प्राप्त मेसिन सेवा केन्द्रकी प्रमुख रमिता राईलाई वडा अध्यक्ष थपलियाले पुनः हस्तान्तरण गरिएको हो ।

ओलम्पस माईक्रोस्कोप मोडल नम्बर CX23RTFS2 क्षयरोग निदानका लागि भन्दै संस्थाले केन्द्रलाई हस्तान्तरण गरेको हो ।

वडा अध्यक्ष थपलियाले उपकरण सहयोग गरेकोमा संस्थालाई धन्यवाद दिएका थिए ।

साथै आफ्ना वडाबासीहरुको मनहरी अस्पतालमा गएर लाईनमा बस्नुपर्ने र अनावश्यक खर्च गर्नु पर्ने बाध्यता एबम समयको समेत बचत हुने बताए ।

संस्थाले हेटौंडा उपमहानगरपालिका र मनहरी गाउँपालिका गरि दुई वटा स्थानिय तहमा टिबि रिकभरी प्रोजेक्ट संचालन गरिरहेकोछ ।

दुई वटा स्थानिय तहमा गरि ५० जनालाई ६ महिनासम्मको लागि पोषण खाने कुरा उपलब्ध गराईसकेको प्रोजेक्ट मेनेजर राईले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button