स्थानिय

राक्सिराङमा गठबन्धनका मल्ल र थिङ अध्यक्ष र उपाध्यक्षमा निर्बाचित


राक्सिराङ गाँउपालिकामा गबन्धनमा रहेको दलको दुबै अध्यक्ष र उपाध्यक्षका उम्मेदवार निर्वाचित भएका छन । बैशाख ३० गते भएको मतदानको मंगलबार सम्पन्न मतगणन परिणाम अनुसार गठबन्धनमा रहेका नेपाली काङ्ग्रेसका राजकुमार मल्ल अध्यक्षमा र नेकपा माओवादी केन्द्रका बनस्तम थिङ उपाध्यक्षमा भारी मतका साथ बिजयी भएका छन । अध्यक्षका उम्मेदवार मल्लले कुल ५ हजार ४ सय ८१ मत ल्याएका थिए ।त्यसै गरि उनका निकटतम प्रतिद्वन्दी बाबुलाल स्याङतानले ४हजार ५ सय ७२ मत ल्याएका थिए । यस बिचमा मल्ल र स्याङ्तान बिच ९ सय ९ मतान्तर रहेको छ । त्यसैगरि गठबन्धन तर्फबाट उपाध्यक्षको उम्मेदवार बनेका बनस्तम थिङले ४ हजार ८ सय ३९ मत प्राप्त गरेका थिए । त्यसै गरि उनका प्रतिद्वन्दी सुन्तली माया चेपाङले ४ हजार १ सय २९ मत प्राप्त गरेको थियो । उनी थिङ संग ७ सय १० मतले पछी हुदै पराजित हुन पुगे ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button