मनहरी । राक्सिराङ गाउँपालिकाको कार्यपालिकामा नेपाली काँग्रेसको बहुमत पुगेको छ । कार्यपालिकाका लागि आज भएको मतदानमा काँग्रेसको ४ जना निर्वाचित भएसँगै काँग्रेसले बहुमत पुर्याएको छ । काँग्रेसका तर्फबाट महिला सदस्यमा सुजाता दमाई, सजिना मुक्तान नेपाली, सुशिला सुनार र शान्तकुमारी अर्याल कार्यपालिकामा निर्वाचित भएका हुन । गाउँपालिका अध्यक्षसहित ४ वटा वडाअध्यक्ष जितेको काँग्रेसको कार्यपालिमा ९ सदस्य पुगेको छ । १७ सदस्य रहने कार्यपालिकामा यो संख्या बहुमत हो । गाउँसभामा भने काँग्रेसको बहुमत छैन ।
कार्यपालिकामा दलित वा अल्पसंख्यक सदस्यका लागि नेकपा एमालेका सिंगलाल प्रजा र नेकपा माओवादीका चन्द्रमान प्रजा निर्वाचित भएका छन । उपाध्यक्षसहित २ वडाअध्यक्ष जितेको माओवादीको कार्यपालिकामा ४ सदस्य पुगेको छ भने ३ वडाअध्यक्ष जितेको नेकपा एमालेको पनि ४ सदस्य पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्
