स्थानिय

मनहरीमा गठबन्धनका उम्मेदवार कालाखेतीअध्यक्षमा र उपाध्यक्षमा रेखा निर्वाचित


मनहरी । मनहरी गाउँपालिकामा  गठबन्धनका दुबै जमा उम्मेदवार निर्बाचित भएका छन । अध्यक्षमा नेपाली कांग्रेसका तर्फबाट  रञ्जन कालाखेती र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रको तर्फबाट  सीता पुलामी  मगर घलान(रेखा) अत्यधिक बहुमत प्राप्त गरि विजयी भएका छन् ।

बुधबार साँझ सार्वजनिक गरेको अन्तिम परिणाम अनुसार अध्यक्षमा निर्वाचित कालाखेतीले ९ हजार ३ सय १६ मत पाउँदा अध्यक्षका प्रत्यासी नेकपा एमालेका उम्मेदवार एकराज उप्रेतीले ४ हजार ९ सय ७० मत पाए । यस्तै ६ हजार ४ सय ७० मतसहित नेकपा माओवादी केन्द्रकी सीता पुलामी पालिकाको उपाध्यक्ष निर्वाचित हुँदा उपाध्यक्षका आकांक्षी नेकपा एमालेकी उम्मेदवार सुजिता थिङले ५ हजार ४ सय ५४ मत पाएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button